२१ असोज २०८१, सोमवार

स्थानीय सरकारको नमुना अभ्यास हुदै धुलिखेल नगरपालिका

धुलिखेल । धुलिखेल नगरको कार्यप्रणली, नगरपालिका भित्र भएकाे काम , केन्द्र र प्रदेश सरकारसँगको समन्वय, कोरोना नियन्त्रणका चुनौति तथा समग्र नगरको समृद्धिसँगै समससामयीक विषयमा धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक कुमार ब्याञ्जुसँग गरिएको कुराकानीको सम्पादित अंश ।

कोरोना भाइरसको माहामारीले विश्वलाई नै प्रभावित परेको छ । कोरोना संक्रमणबाट धुलिखेल नगरपालिका पनि अछुतो रहन नसकेको भन्दै नगर प्रमुख अशोक कुमार व्यान्जुले भन्नुभयो” एक अनलाईन संग अन्तरवार्ता दिदै धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष समेत रहनुभएका अशोक कुमार व्यान्जुले
कोरोना भाइरस तथा अन्य कुनैपनि महामारीको केन्द्रिय सरकारको मातहतबाट रोकथाम गर्ने कानुनी व्यवस्था रहेकोमा स्थानीय सरकारले संघीय सरकारलाई भरपुर सहयोग गरेको तर स्थानीय सरकारलाई प्रयाप्त कानुनी अधिकारसहितको अन्य सेवा सुविधा नदिएको उहाँको भनाई रहेको छ ।

उहाँ भन्नुहुन्छ,–कोरोना रोकथामकालागि स्थानीय तहले जे गरिरहेका छन् त्यो क्षमताका हिसाबले निकै महत्वपूर्ण र उपलब्धिपूर्ण छ ।” म नगरपालिका संघको अध्यक्ष भएको हिसावले हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरि अन्य नगरपालिकाहरुलाई पनि कोरोना रोकथाममा आवश्यक सामग्री र अन्य सहयोग गर्ने काम त गरेकै छौँ ।” उहाँले बताउनुभयो ।

धुलिखेल नपालिकाको समृद्धिको कुरा गर्ने हो भने नगरलाई पारदर्शी सुशासनको अवधारणा स्थापित गर्ने र धुलिखेल नगरपालिका शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन, पूर्वाधार विकास , बालमैत्री नगर र खानेपानीमा एक घर एक धाराको काम ९० प्रतिशत भन्दा बढी काम सम्पन्न गरी धुलिखेल नगरपालिका नेपाल कै उत्कृष्ट नगरपालिकामा मध्य हुने गरी काम अगाडि बढाएको जानकारी नगर प्रमुख अशोक व्याञ्जुले दिनुभयो । नगर प्रमुख ब्याञ्जु थप भन्नुहुन्छ,–शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगाएतका भौतिक पूर्वाधारहरुमा धुलिखेल निकै राम्रो प्रगति हाँसिल गरिरहेको साथै नगरपालिकाको सामाजिक साँस्कृतिक विकासमा पनि त्यत्तिकै मात्रामा नगरपालिका अगाडि बढेको छ ।”

धुलिखेललाई आफ्नै कार्यकालमा नेपालकै नमुना नगर बनाउने आभियानका साथ योजना बनाएको उहाँको भनाइ रहेको छ । ” उहाँ भन्नुहुन्छ, हामी नागरिकको एक एक समस्या र त्यसको समाधानको विषयसँग परिचित छौँ । नगरलाई आधारभुत आवस्यकता भन्दा माथि स्मार्ट शहरमा परिणत गर्ने गरि काम अगाडि बढिरहेको उहाँको भनाइ छ ।

स्थानीय तहमा कानुनी उल्झनका विषयमा केन्द्र सरकारले दिन खोजेको कानुनी सहयोगको अवास्यकता सम्बन्धमा प्रमुख ब्याञ्जु भन्नुहुन्छ,–धेरैजसो स्थानीय तहमा कानुनका कर्मचारी नै छैनन् । यसको लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काम गर्न खोजेको छ यो सकारात्मक नै हो तर स्थानीय तहमा कानुनको लागि कानुन मन्त्रालयले अहिलेसम्म केहि गरेको छैन । कानुनको विषय कानुन मन्त्रालयबाटै होस भन्ने नगरपालिका संघको चाहना रहेको कुरा बताउनु भयो ।

प्रकाशित मिति: १४ भदौ २०७७, आइतवार १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु