३ फागुन २०८१, शनिवार

काभ्रेमा थप ६ जना संक्रमित थपिए ,कुल २८५ , निको हुने भएका १०८ जना

काभ्रे । काभ्रे जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्य भुम्लुमा ४ जनामा, रोशीमा १ जनाको र धुलिखेलका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या २८५ पुगेको छ ।

काभ्रेमा कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । त्यसमध्ये १ सय ८ जना उपचार पश्चात घरर फर्किएको, २ जनाको मृत्यु भएको तथा बाँकीको विभिन्न अस्पताल तथा नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: १६ भदौ २०७७, मंगलवार २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु