५ माघ २०८१, शनिवार

वामदेव गाैतमलाई राष्ट्रियसभामा लगिने नेकपाको निर्णय

काठमाडौं । नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयाे । बैठकमा प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गाैतमकाे नाम सिफारिस गर्ने जानकारी गराउनु भएकाे श्रेष्ठले पत्रकारहरूलाई बताउनुभयाे ।

यसैबीच राससका अनुसार सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनु भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

साथै बैठकमा देशमा काेराेनाकाे संकटबारे छलफल तथा बाढी पहिराेमा भएकाे धनजनकाे क्षतिप्रति दुख व्यक्त गरिएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: १८ भदौ २०७७, बिहीवार १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु