काभ्रेमा सरकारी कर्मचारी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काभ्रे । काभ्रे जिल्लामा थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका २ जना, नमोबुद्ध नगरपालिकाका १ जना, पाँचखाल नगरपलिकाका १ जना र रोशी गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानाकारी दिए ।
संक्रमण पुष्टि हुने ५ जना मध्ये ४ जना सरकारी कर्मचारी रहेको खुलेको छ । धुलिखेल नगरपालिकामा १ जना पुरुष र १ जना महिला सरकारी कर्मचारीमा कन्ट्याक ट्रेसिङमा परेर जाँच्दा पोजेटिभ देखाएको हो । नमोबुद्ध नगरपालिकामा पनि एक महिला कर्मचारीमा कोरोना संक्रमित देखिएको छ । पाँचखाल नगरपालिका वडा नं १० बालुवाका १ पुरुषमा संक्रमण देखिएको छ । यस्तै रोशी गाउँपालिका–१ ठेगानाका अर्का संक्रमित धुलिखेल नगरपालिका खड्पुमा बसोबास गर्ने सरकारी कर्मचारी नै हुन ।
यो सँगै आज दिउँसो सम्म काभ्रेमा संक्रमितको संख्या २ सय ९९ पुगेको छ ।
प्रकाशित मिति: १९ भदौ २०७७, शुक्रवार १९:३१ बजे