२१ असोज २०८१, सोमवार

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४७ हजार २३६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ का ९७९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेकाे हाे ।

प्रवक्ता डा. गौतमले निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा एकहजार ७३६ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

प्रकाशित मिति: २२ भदौ २०७७, सोमवार १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु