२० असोज २०८१, आइतवार

कोरोना रोकथाममा धुलिखेल नगरपालिकालाई प्रदेश सरकारको एक करोड

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना रोकथाममा राम्रो काम गरिरहेकोले बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण व्यवस्थापन र सेवा विस्तारमा उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रदेश सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २३ भदौ २०७७, मंगलवार २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु