२० असोज २०८१, आइतवार

काभ्रे फुटबल खेलाडीको कोरोना बिमा गर्ने पहिलो जिल्ला

काभ्रे । काभ्रे जिल्ला फुटबल संघले नेपालमै पहिलो चोटि बिश्व ब्यापिरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को माहामारीलाइ मध्यनजर गर्दै काभ्रे जिल्ला फुटबल संघ आबद्ध रहेका १३ वटा क्लबहरूको समेत सहकार्य रहने गरि क्लबहरू र जिल्ला फूटबल संघको ५०/५०% का दरले काभ्रे जिल्लाका खेलाडिहरू र अफिसियल,रेफ्री,प्रशिक्षक र पदाधिकारिहरू गरि १७७ जनाको एक लाख सम्मको कोभिड १९ को बिमा गरेको छ ।
खेलाडीहरुको कोरोना बिमा गर्ने काभ्रे जिल्ला फुटबल संघ नेपालमा नै पहिलो फूटबल संघ हो जसले खेलाडीहरु लाई मध्य नजरमा राखी जिल्लाका खेलाडीहरुलाई बिमा गरेको हो भन्ने कुरा काभ्रे जिल्ला फुटबल संधका अध्यक्ष विकास नारायण श्रेष्ठले बताउनु भएको छ ।

यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीको कोरोना बिमा गरेको थियो ।

प्रकाशित मिति: २४ भदौ २०७७, बुधवार १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु