२० असोज २०८१, आइतवार

धुलिखेल नगरपालिकालाई यस वर्ष बालमैत्री घोषणा गर्छु : नगर प्रमुख अशोक ब्याञ्जु

धुलिखेल । ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’भन्ने राष्ट्रिय नाराका साथ आज बाल दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यसैबीच धुलिखेल नगरपालिकाले राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा बाल अधिकार बिषयमा भर्चुअल कविता बाचन प्रतियोगिता सम्पन्न गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते (सन् १९९० सेप्टेम्बर १४)मा अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।
धुलिखेल नगरपालिकाले आर्थिक वर्षमा ६ वटा वडाहरुलाई बालमैत्री घोषणा गरेको र यस आर्थिक बर्ष भित्र सबै वडा र सिँगो नगरपालिकालाई बालमैत्री बनाउने योजना बनाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । धुलिखेल नगरपालिकाको कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन् । बाल अधिकारको बाल संरक्षणमा धुलिखेल नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्नुका साथै अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा लागेको कुरा बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाले यो आर्थिक बर्ष भित्र बालबालिकाको लागि १ करोड रुपैँया बजेट विनियोजन गरेको छ ।
धुलिखेल नगरपालिकाले नगर भित्र रहेको सबै वडाहरुमा बालमैत्री पार्कहरु निर्माण गरिएको कुरा नगर उपप्रमुख बिमला शर्माले बताउनुभयो ।
धुलिखेल नगरपालिकाले आयोजना गरेको कविता प्रतियोगितामा नगर भित्रका १८ वर्ष मुनिका बालबालिकाहरुको सहभागिता रहेको कुरा धुलिखेल नगरपालिकाको बालमैत्री सम्पर्क ब्यक्ति बिदुर गौतमले जानकारी गराउनुभयो । धुलिखेल नगरपालिकाको सबै वडा,टोल र विद्यालयमा बाल क्लबरहेको छ उहाँले भन्नुभयो भयो ।

प्रकाशित मिति: २९ भदौ २०७७, सोमवार २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु