धुलिखेल नगरपालिकामा थप १३ जना कोरोना सङ्क्रमित थपिए
धुलिखेल । धुलिखेल नगरपालिकामा थप १३ जना कोरोना संक्रमित थपिए । धुलिखेल नगरपालिकाले वडा नम्वर ९ को काभ्रे भन्ज्याङमा एउटै टोलमा एकै पटक २५ जनामा कोरोना संक्रमण देखिएपछि नगरले कोरोना परिक्षणको लागि १०० जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १३ जनाको कोरोना पुष्टि भएको छ ।
धुलिखेल नगरपालिका वडा नं ९ मा १०० जनाकाे मास स्वाब संकलन गरिएकोमा ७ जना पुरुष ६ जना महिला गरी १३ जनाको नतिजा पोजेटीभ रहेको छ ।
प्रकाशित मिति: ३० भदौ २०७७, मंगलवार १२:१० बजे