१८ असोज २०८१, शुक्रवार

सांसदहरुबाट निरिक्षण गर्दै धुलिखेल नगरको कोरोना आइसोलेसन

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोनाको ब्यबस्थानमा गरेको कार्यहरुको सांसदको स्वास्थ तथा शिक्षा समितीका संयोजक सांसद जिवनराम श्रेष्ठको नेतृत्वमा ७ जना सांसदहरुले निरीक्षण गर्नु भयो ।
सांसदहरुले धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन वार्डको निरिक्षण गर्नुभएको थियो ।
साथै प्रदेश जनस्वास्थ प्रयोगशाला धुलिखेलको पनि निरिक्षण गर्नुभएको छ । स्वास्थ तथा शिक्षा समितीका संयोजक सांसद जिवनराम श्रेष्ठको नेतृत्वमा ७ जना सांसदहरुले धुलिखेल नगरपालिकाले गरेको कामका बारेमा जानकारी लिनु भयो र धुलिखेल नगरपालिकाको निरिक्षण गर्नुभएको जानकारी नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
सांसदहरुको टोलिले कोरोना व्यवस्थापनमा धुलिखेल नगरपालिकाले गरेको कामको सांसदहरु द्धारा प्रशंसा गर्नुभएको छ ।

प्रकाशित मिति: १ असोज २०७७, बिहीवार २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु