१८ असोज २०८१, शुक्रवार

नेपालमा थप एकहजार ४९७ कोरोना सङ्क्रमित, कुल ६९ हजार ३०१, ५० हजारभन्दा बढी निकाे

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ५५ हजार ९२३ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे ।

हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । संस्थागत आइसोलेसनमा आठहजार ६१४ र होम आइसोलेसनमा नौहजार ८२३ संक्रमितहरु रहेका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ ।क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

१७ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी नेपालमा संक्रमितको मृत्यु भएको छ । यसअघि केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।

प्रकाशित मिति: ८ असोज २०७७, बिहीवार २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु