३० माघ २०८१, बुधवार

नेपालमा थप एक हजार २०७ सङ्क्रमित,कुल ७१ ह्जार ८२१

काठमाडौं । नेपालमा कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ ह्जार ८२१ पुगेको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

प्रकाशित मिति: १० असोज २०७७, शनिवार १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु