प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उहांँ स्वास्थ्य सुरक्षा सजगता अपनाउंँदै क्वारेन्टाइनमा बसेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: ११ असोज २०७७, आइतवार २०:५९ बजे