५ माघ २०८१, शनिवार

नेपालमा थप दुई हजार ७२२ नयाँ सङ्क्रमित,कुल ८२ हजार ४५०

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

संक्रमणमुक्त

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७३.६३ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा ८२ हजार ४५० र क्वारेन्टाइनमा चारहजार ८८५ जना रहेका छन्

मृत्यु

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।

प्रकाशित मिति: १६ असोज २०७७, शुक्रवार १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु