२१ असोज २०८१, सोमवार

के. यु. मा पढ्ने विद्यार्थीलाइ अवसर, कसरि जित्ने १ मिलियन अमेरिकी डलर ?

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) केन्द्रीय क्याम्पस, धुलिखेलले अन्तर्राष्ट्रिय वार्षिक सामाजिक उद्यमशीलता चुनौती हल्ट प्राइज २०२०/ २१ को दर्ता फारम खोलेको छ ।

यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि “ नोबेल पुरस्कार ” भनेर चिनिन्छ जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यस वर्षको भव्य कार्यक्रम क्याम्पस निर्देशक अविनाश सिलवालको नेतृत्वमा हुनेछ । साथै उनका २० जनाको टोलीसमेत हुनेछन् ।

यस कार्यक्रममा नेपालभरिका काठमाडौँ विश्वविद्यालय अन्तर्गत पर्ने कलेजका व्यचलोर र मास्टर्स अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्। यस प्रतियोगितामा भाग लिनको लागि हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको आधिकारिक वेबसाइट http://www.hultprizeat.com/ku-nepal मा गएर आफ्नो टोलि लाइ दर्ता गर्नु पर्दछ र एउटा टोलिमा ३ देखि ४ जना सम्म मात्र हुन मिल्दछ। यो आबेदन अक्टुबर महिना भरि खुला रहनेछ र यस प्रतियोगितामा भाग लिन कुनै सुल्क लाग्ने छैन।

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले “दिगो विकास लक्ष्य (SDGs) मा” रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै “चुनौती/ बिषय” घोषणा गर्दछ र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफू प्रस्तुत हुनु पर्छ। यस वर्ष हल्ट प्राइजले खानालाइ बाँच्नको लागि आवश्यकताबाट समृद्धिको वाहनमा रूपान्तरण गर्न चुनौती दियको छ। साथै हल्ट प्राइजले विश्वभरका टोलीलाई व्यावहारिक खाद्य उद्यम निर्माण गर्न आग्रह गरेको छ। चरणबद्धरुपमा हुने यस कार्यक्रमको “अन क्याम्पस प्रोग्राम” काठमाडौँ विश्वविद्यालय (केयू) केन्द्रीय क्याम्पस, धुलिखेल हुन लागेको हो।
विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा २,००० भन्दा बढि विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरैले सहभागीता जनाउने गरेका छन्। अन क्याम्पस प्रोग्राम का बिजेताले रिजनल र एक्सेलटर हुदै संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा अन्तिम चरणको प्रतिस्पर्दा गर्ने छन्। यस कार्यक्रमको विस्वो विजेतालाई १ मिलियन अमेरिकी डलर नगदले सामान गरिने छ।

प्रकाशित मिति: १६ असोज २०७७, शुक्रवार २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु