धुलिखेलमा परम्परागत शौलीका कलात्मक वस्तुहरु राख्ने संग्रहालय निर्माण हुने
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ६ मा धुलिखेल संग्रहालय भवन नगर प्रमुख अशोक ब्याञ्जुले सिलान्यास गर्नु भएको छ । धुलिखेल वडा नम्बर ६ मा धुलिखेल संग्रहालय भवन निर्माण हुने भएको छ । धुलिखेल संग्रहालय भवनको नगर प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले आज एक कार्यक्रमका बीच सिलान्यास गर्नुभएको हो ।
धुलिखेलमा निर्माण हने धुलिखेल संग्रहालय भवन रु १ करोड ४० लाखको लागतमा निर्माण हुन लागेको छ । उक्त भवन यस आर्थीक वर्ष भित्रमा निमार्ण कार्य सम्पन्न गर्ने तयारी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले जानकारी दिनुभयो । निमार्ण सम्पन्न भईसकेपछि मौलिक तथा परम्परागत पुराना शौलीका कलात्मक वस्तुहरु संग्रहालयमा राखीने योजना नगरपालिकाले बनाएको छ ।
प्रकाशित मिति: २० असोज २०७७, मंगलवार २०:१५ बजे