२० असोज २०८१, आइतवार

धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा ९९.२६ % काम सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७६/७७ भौतिक विकास तर्फ कुल बजेटमा ९९.२६ प्रतिशतको विकास निर्माण सम्पन्न गरेको छ । नेपालमा नै विकासको लागि आएको वजेटमा सबैभन्दा बढी काम सम्पन्न गर्ने नगरपालिका धुलिखेल रहेको छ ।
धुलिखेल नगरपालिकाले कोरोनाको कारण देशभरी लगाउन भएको अवस्थामा पनि विकास निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।
धुलिखेल नगरपालिकाले यस आर्थिक वर्षमा मात्र पक्की सडक पिच ३.५ किलोमिटर गरेको छ । त्यस्तै नगरपालिकाले ग्राभेल सडक २१.०८ किलोमिटर सम्पन्न गरेको छ । धुलिखेल नगरपालिकाले यस आर्थिक वर्षमा नयाँ सडक १२.०३ किलोमिटर सम्पन्न गरेको छ । नगरपालिकाले पार्क १४ निर्माण र स्तरउन्नती गरेको छ । धुलिखेल नगरपालिकाले नाली निर्माण १०.३८ कि.मि गरेको छ । २२८३ कजवे तथा सडक ढलान गरेकोछ । धुलिखेल नगरपालिकाले सबै वडाका सबै नगरबासी को घरघरमा खानेपानी पुर्याउने लक्ष्य अनुरुप ९ वटा ट्याङ्की निर्माण गरिएको छ । एक घर एक धारा योजना अनुसार धुलिखेल नगरपालिकाको थप अघिल्लो आर्थिक वर्षमा ३५० घरधुरीमा खानेपानीको व्यवस्था गरिएको जानकारी नगर प्रमुख अशोक ब्याञ्जुले दिनुभयो । नगर प्रमुख अशोक व्याञ्जुले बताउनुहुन्छ” यस अवधि सम्म धुलिखेल नगरपालिकाको एक घर एक धारा योजना अनुसार ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ” ।
आज धुलिखेल नगरपालिकामा भएको प्रगति समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नगरले गरेको विकासको कार्यको वित्तीय प्रगति ९९.२६ % र भौतिक प्रगति ९५.३८% गरेकोमा सबै जनप्रतिनिधि , कर्मचारी, उपभोक्ता समिती, समाजसेवी बुद्धिजिवि, किसान र श्रमिक वर्गलाई आभार प्रकट गर्नु भयो ।

प्रकाशित मिति: २१ असोज २०७७, बुधवार २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु