६ चैत २०८१, बुधवार

धुलिखेलमा हुने भयो राजस्व भुक्ताती अनलाइनबाट

धुलिखेल । धुलिखेल नगरपालिकाले राजश्व भुक्तानीलाई अनलाइन प्रबिधिबाट तिर्ने व्यवस्था गर्ने भएको छ । धुलिखेल नगरपालिकालाई स्मार्ट शहर निर्माण गर्ने कार्यलाई अगाडि बढाउन राजश्व भुक्तानी लगाएतका विविध काम र नगरपालिकाले प्रदान गर्ने सेवा अनलाइन प्रविधिको प्रयोगलाई नगरपालिकाले अगाडि बढाएको छ । धुलिखेल नगरपालिकाले नगर कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा बिभिन्न प्रकारका कर राजश्व भुक्तानी लाई अनलाइन प्रबिधि (E-Payment) मार्फत गर्ने प्रयोजनको लागि भुक्तानी सेवा प्रदायक संस्था ई-सेवा सम्झौता(MOU) गरेको छ । धुलिखेल नगरपालिका र ई-सेवा बीच सम्झौता(MOU) नगर प्रमुख अशोक ब्याञ्जुले र ई-सेवाको प्रतिनिधि बिच बिचमा सम्पन्न भएको छ । उक्त कार्यले सेवा लिने जनतामा सहजता ल्याउने विस्वास रहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

प्रकाशित मिति: २२ असोज २०७७, बिहीवार २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु