इनटरनेटमा बालबालिका सुरक्षा सम्वधि भरच्योल कार्यक्रम सम्पन्न
काठमाडौं । बालक्लबमा नेत्तृव गरीसकेका युवाहरुको संस्था सिर्जनशिल समाज नेपालको आयोजनामा इन्टरनेटमा बालबालिका सुरक्षा सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । NET4GOOD अभियान नाम दिएको उक्त कार्यक्रम २०१७ देखी सिर्जनशिल समाज नेपालले युनिसेफ नेपालको सहयोगमा र नेपाल दुरसंचार प्रधिकरणको आयोजनामा विभिन्न समयमा नेपाल भर सञ्चालन गरेको छ ।
कोरोना भाइरसको कारणले विश्व भर लकडाउन भएको र विद्यालय बन्द रहेको अवस्थामा बालबालिकालाई इनटरनेको माध्यम बाट शिक्षा दिरहेको वर्तमान अवस्थामा बालबालिकाले इनटरनेटको प्रयोग गर्दा विभिन्न किसिमको जोखिम रहेको हुनाले बालबालिकालाई सुरक्षित इनटरनेट प्रयोग गराउ भन्ने उद्वश्यले बालबालिकाको क्षेत्रमा कामगर्ने संघ सस्था,नेपालको सात वटै प्रदेशबाट बालक्लबमा नेत्र्तव गर्ने बालबालिका ,इनटरनेट प्रदान गर्ने नेपाल टेलिकम, एनसेल, वर्डलिक लगाएतका प्रतिधि सहित इनटरनेटमा बालबालिका सुरक्षा बिषयक कार्यक्रम सम्पन्न भयो ।
बालबालिकाले इनटरनेट प्रयोग गर्दा सुरक्षित रुपमा गराउने उद्वश्य सहित आयोजि उक्त कार्यक्रम सिर्जनशिल समाज नेपालको आयोजनामा सञ्चालन भएको थियो उक्त कार्यक्रम युनिसेफ नेपालका मुकुन्द नेपालले सञ्चालन गर्नुभयो । बालबालिकाले इनटरनेट प्रयोग गर्दा परेका समस्याका बारेमा बालबालिकाले आफ्ना प्रश्न राखेका थिए र त्यसको समाधानका विषयमा नेपाल दुरसंचार प्राधिकरणका मिन प्रसाद अर्यालले नियमन कारी निकायको तर्फबाट आफ्ना भनाइ राख्नु भयो साथै सेवाप्रदायक सस्थाको तर्फबाट नेपाल टेलिकमका राजेश जोसी , एनसेलकी विशाखा खड्का वर्डलिकका समित झनाले आफ्नो भनाइ राख्नु भयो ।
प्रकाशित मिति: २३ असोज २०७७, शुक्रवार १८:२६ बजे