२१ असोज २०८१, सोमवार

कोरोनाबाट दश दिनकाे फरकमा दाजुभाइकै निधन

काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको् फरकमा दुई जनाकै मृत्यु भएको हो ।
गत असोज १८ गते ४५ वर्षीय भाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
मधुमेह रोगबाट पीडित उहाँलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार रहनुभएका उहाँको एक महिनापछि मृत्यु भएको थियो ।
यसैबीच बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा. शिशिर बञ्जाराले जानकारी दिनुभयो । बुधबार उहाँलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो । पिसिआर रिीक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उहाँमा कोरोना पोजेटिभ देखिएको हो । घरमै निधन भएपछि उहाँको अन्त्येष्टिको तयारी भइरहेको जनाइएको छ । जिल्लामा कोरोनका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: २९ असोज २०७७, बिहीवार १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु