काभ्रेमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना कोरोना मुक्त भएर डिस्चार्ज
काभ्रे । काभ्रे जिल्लामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै काभ्रेमा २ जनाको कोरोना संक्रमितको मृत्यु भएको कार्यालयको जानकारी छ ।
स्वास्थ्य कार्यालयका अनुसार बनेपा नगरपालिकाका ५० वर्षीय पुरुषको असोज २८ गते धुलिखेल अस्पतालमा उपचारको मृत्यु भएको थियो । त्यसैगरी बनेपा नगरपालिकाकै ७० वर्षीय पुरुषको कोरोनाका कारण संक्रमितको आफ्नै घरमा मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योेसँगै जिल्लामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।
आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिबाट ४ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाबाट ४ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकाबाट १ जना महिला र बनेपा नगरपालिकाबाट १० जना पुरुष र ९ जना महिला गरी ३१ जना कोरोना संक्रमित थपिएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ६८ पुगेको छ ।
त्यस्तै आजै जिल्लाका ८ जना कोरोना संक्रमित उपचार पश्चात कोरोना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार हालसम्म जिल्लाका ६ सय ३७ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले जिल्लामा ५ सय १९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २९ असोज २०७७, बिहीवार १९:४५ बजे