६ चैत २०८१, बुधवार

कर्णाली विवादमा सबै निर्णय बदर गर्ने ओली र प्रचण्डबीच सहमति

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएकाे हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।

आज बिहान दुई अध्यक्षबीचको भेटमा सो सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो

त्यस्तै, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: ४ कात्तिक २०७७, मंगलवार १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु