धुलिखेलमा गरिव मुखी बिकासको सुरुवात गर्दै ।

धुलिखेल । धुलिखेल नगरपालिकाले गएको आर्थिक वर्षमा गरेको महत्वपूर्ण कार्यहरुमा पहिलो महत्वपूर्ण कार्यमा धुलिखेल नगरपालिकाले गरिवी न्यूनीकरणको लागि ‘मेयर गरिवी निवारण कोष’को स्थापना र उक्त कार्यक्रमलाई सहजिकरण गर्न तथा नगरपालिका क्षेत्रमा रहेको लक्षित वर्गहरुको नीति तथा कार्यक्रम स्वीकृत गर्न महिलाहरुको आवाज सुन्ने महिला परिषद, आदिवासी जनजातिकोहरुको लागि जनजाति परिषद, धुलिखेल नगरपालिकाले युवाहरुको क्षेत्रमा योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्नु युवा परिषद, अपाङ्ग वर्ग परिषद र दलित वर्ग परिषद गरी ५ वटा परिषदहरुको गठन गरी बजेट विनियोजन गरि कार्य भईरहेको तथा अन्य थप योजना, उद्योग,पर्यटन,सहकारी,कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएको जसकोलागि पशु विकास कार्यक्रम सञ्चालन गर्नुका साथै, कला क्षेत्रमा योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गरेको धुलिखेल नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा अगाडि बढाउन खेलकुद परिषद गठनका लागि नगर सभावाट निर्णय भई कार्यान्वयन भईरहेको छ । धुलिखेल नगरपालिकाले एकिृत शहरी विकास योजना निर्माण गरिएको छ । कोरोना भाइरसको माहामारीले विश्वलाई नै प्रभावित परेको अवस्थामा धुलिखेल नगरपालिकाले कोरोना संग लड्न १०० जना क्षमताको क्वारेन्टाइन र ५० जना क्षमताको आईसोलेसन वार्ड निर्माण गरिएको छ । नगरपालिका क्षेत्र भित्र संचालित ब्यवसायहरुलाई लकडाउन अवधिको कर छुट दिने निर्णय गरिएको र उक्त कार्यान्वयन भएको छ साथै धुलिखेल नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा नेपालमै पहिलो पटक वडा नं १ देविटारमा ३० घर धुरी तथा वडा नम्वर ११ मा २० घरधुरी लाई १ घर १ धारा कार्यक्रम अन्तर्गत सुरक्षित खानेपानी युक्त समुदाय घोषणा, एक घर एक धारा निर्माण योजना अन्तर्गत १ हजार ८ सय ५० घर धुरीमा एक घर एक धारा निर्माण सम्पन्न, औधोगिक ग्राम निर्माण कार्य सुरु, सबै वडा जोड्ने सडक निर्माण कार्य, नगरपालिकाले खानेपानी सम्मेलन सम्पन्न, बेरुजु फस्र्याैटमा जिल्लामा प्रथम, वडा नम्वर ६ स्थित सपिङ कम्प्लेक्सको निर्माण कार्य सम्पन्न गर्न नगर विकास कोषको साझेदारीमा गर्ने गरि सम्झौता, अति बिपन्न दलित बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृद्धि प्रदान,मानसिक समस्या भएका युवाहरुलाई सुधार गृहमा सेवा लिन प्रति व्यक्ति १ हजार सहयोग, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कर्मचारी, शिक्षक कोरोना बिमा, खुल्ला दिसा मुक्त नगर घोषण सम्पन्न, प्रधानमन्त्रीद्वारा नगरका ५ वटा वडा लाई बालमैत्री वडा घोषणा जम्मा ६ वडा बालमैत्री घोषित, साक्षर नगर घोषणा, धुलिखेल नगरपालिकाबाट संचालित ब्यवस्थित शहरी योजना, काभ्रे एकिकृत खानेपानी, जिप लाईन (निजि क्षेत्र), देवीस्थान पार्क सरस्वती पार्क निर्माण, धुलिखेल मेडीसिटि ८ अर्ब २४ करोड लगानी सम्मेलनबाट स्वीकृत, ड्रिम ल्याण्ड योजना लागत ४ अर्ब ७९ करोड लगानी सम्मेलनबाट स्वीकृत, नगरपालिकाको फोहोरमैला ब्यबस्थापनको लागि १६ करोडको लागतमा निजि क्षेत्रको लगानी सहित प्रक्रिया सुरु भई लगानी कर्ताको प्रारम्भिक छनोट भई स्वीकृत परियोजना प्रस्ताब तया, २७ वटा पार्क निर्माण, जिल्ला समन्वय समिति तथा नगरपालिकाको लागत साझेदारीमा ७ सय जना क्षमताको सभाहल निर्माणको लागि कार्य भईरहेको, धुलिखेल नगरपालिकाका १२ वटै वडाका वडासचिवहरुलाई तालिम दिई नगरपालिकालाई देशकै नमूना सिकाई केन्द्रको रुपमा विकास गर्न दुई चरणको तालिम सम्पन्न गरिएको र यसलाई अझ घनीभूत बनाउन वडागत घुम्ती अनुशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।
उक्त सेवा इकाई मार्फत नगरपालिकाको १२ वटै वडामा अनलाईन शुरु हुनुभन्दा अगाडीका लगभग ३० हजार डाटा डिजिटाईजेशन अन्तर्गत ईन्ट्रीको काम सम्पन्न भएको केही विभागको प्राविधिक समस्याले हाल रुजुको कार्य रोकिएको अवस्था छ ।
धुलिखेल नगरपालिकाको यस आर्थिक वर्षमा भएको गतिविधिहरुsrc=”https://www.nepalaynews.com/wp-content/uploads/2020/10/received_779973542784030-1024×498.jpeg” alt=”” width=”525″ height=”255″ class=”alignleft size-large wp-image-53401″ />
प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधवार २०:३९ बजे