२५ असोज २०८१, शुक्रवार

काभ्रेमा आज थप ४४ जनामा कोरोना पुष्टि, संक्रमणका कारण एककोे मृत्यु

काभ्रे । काभ्रे जिल्लामा आज (शुक्रबार) थप ४४ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आज थपिएका मध्ये सबैभन्दा धेरै बनेपाका रहेका छन्।

जिल्ला स्वास्थ्य कार्याालयकाे तथ्याङ्क अनुसार बनेपा नगरपालिकामा २५ जना, धुलिखेल नगरपालिकाका ११, पनाैती नगरपालिकामा ४, नमाेेबुद्ध नगरपालिका १, मण्डनदेेउपुर नगपालिका १, बेथानचाेक गाउँपालिका १, भुम्लुगाउँपालिका १ गरी जम्मा ४४ संक्रमित भेटिएका हुन्।

यस्तै काेराेना संक्रमणका कारण जिल्लामा आज थप एक जनाको निधन भएको छ। काभ्रे पाेष्ट साप्ताहिकका प्रकाशक एवं प्रधानसम्पादक तथा पत्रकार काभ्रेका सदस्य बिष्णुप्रसाद चाैैैलागाइँकाे निधन भएको हो। काभ्रे चाैरीदेेउराली गाउँपालिका-५ निवासी अग्रज पत्रकार चाैलागाइँकाे आज काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो।

यस्तै आज उपचार पश्चात निकाे भइ ५ जना डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय संक्रमितकाे संख्या ४८२ रहेको छ।

प्रकाशित मिति: १४ कात्तिक २०७७, शुक्रवार १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु