कोहलपुरमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन् ।
प्रकाशित मिति: १६ कात्तिक २०७७, आइतवार १९:४३ बजे