काभ्रे जिल्लामा थप ४६ जना संक्रमित थपिए

काभ्रे । काभ्रे जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै कार्यालयका अनुसार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बनेपा नगरपालिकाका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहिबार धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनको संख्या २४ जना पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ९ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ५ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाट ६ जना महिला र ६ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष र १ जना महिला र रोशी गाउँपालिकाबाट १ जना महिला गरी ४६ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयका प्रमुख डा. झाले जानकारी दिए ।
उनका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १९ सय ५० पुगेको छ । जिल्लाका संक्रमितमध्ये १३ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ५ सय ३२ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: २१ कात्तिक २०७७, शुक्रवार २०:२९ बजे