काभ्रे जिल्लामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ४५ जना संक्रमण मुक्त
काभ्रे । काभ्रे जिल्लामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ४५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै आज एक जना संक्रमितको मृत्युको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार बनेपा नगरपालिकाका ७९ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा सोमबार मृत्यु भएको हो । मृतकमा कार्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ११ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ११ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, महाभारत गाउँपालिकाबाट १ जना पुरुष र खानीखोला गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको कार्यालयका प्रमुख डा.झाले बताए ।
उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ सय १ पुगेको छ । त्यस्तै जिल्लमा अहिले ५ सय ५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै काभ्रेका संक्रमितमध्ये हालसम्म १५ सय २४ जना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलवार २१:३९ बजे