१८ असोज २०८१, शुक्रवार

प्रम ओली अरुण तेस्रोको निरीक्षण गर्न सङ्खुवासभा

सङ्खुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी)को अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली हेलिकोप्टरबाट विहान करिब १० बजे सो क्षेत्रमा पुग्नुभएको थियो । अहिल प्रधानमन्त्रीको टोली निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भ्रमणका लागि फ्याक्सिन्दा दोभान आइपुग्नुभएको छ । उहाँले केही बेरमा सो आयोजनाको निरीक्षण गर्नुहुनेछ ।
निर्माणाधीन मुख्यगरि सङ्खुवासभाको ३ स्थानको स्थलगत अवलोकन गर्नुहुने कार्यक्रमरथियाे । जसमा उत्तर दक्षिण कोशी राजमार्ग र निर्माणाधीन अरुण तेश्रो परियोजना छ ।
सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रोको काम २४ घण्टा नै लगातार भईरहेको अरुण तेश्रोको काम हाल ४० प्रतिशतभन्दा बढी सकिएको निर्माण कम्पनीले जनाएको छ ।
अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिनुभयो । ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यसपछि बाँधको काम सुरु हुने उहाँले बताउनुभयो । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: २६ कात्तिक २०७७, बुधवार १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु