नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुको नेतृत्वलाई दश बुँदे सुझाव
धुलिखेल । नेपाल नगरपालिका संघकाे अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले नेकपाको विवादमा सामाजिक संजालमा फेसबुक मार्फत नेकपाका नेता अशोक व्याञ्जुले नेकपाको एकताको बिकल्पहरु भनेर दश बुँदे सुझाव प्रस्ताव राख्नु भएको छ ।
उहाँले भन्नुभएको छ ‘दुबै अध्यक्षको पत्र फिर्ता,असारको सहमती कार्यान्वयन,दुबैको कमि कमजोरी हटाउने र आत्मलोचना गर्ने,अधिबेशन बाटै राजनैतिक सैद्धान्तिक टुंगो लगाउने ,एकताको लागि केन्द्रमा ७० बर्ष नाघेका लाई अध्यक्ष मण्डल बनाउने र नयाँ नेतृत्व तयार गर्ने,संगठन र राज्यसत्ताको सिमा निर्धारण गर्ने र सहकार्य र सहमती गर्ने पद्दती बनाउने ,पुर्व गुट र बिचार समुहको सामुहिक अन्त गरि नया प्रणाली अध्यक्षतात्मक संगठन बनाउने ,सरकार र पार्टीको स्वायत्तता निर्धारण गर्ने ,सिद्धान्त, नेतृत्व र संगठन तल बाट निर्वाचन गर्ने ,पार्टी प्रमुख भै सकेकाहरुको पार्टीको संरक्षक बन्ने । प्रत्यक्ष नेतृत्व नगर्ने सुझाव दिनुभएको छ ।
यस्तो छ नेता व्यान्जुको बिचार
१.दुबै अध्यक्षको पत्र फिर्ता!
२.असारको सहमती कार्यान्वयन!
३.दुबैको कमि कमजोरी हटाउने र आत्मलोचना गर्ने!
४.अधिबेशन बाटै राजनैतिक सैद्धान्तिक तुङो गर्ने!
५.एकता कोलागि केन्द्रमा ७० बर्ष नाघेका लाई अध्यक्ष मण्डल बनाउने । र नया नेतृत्व तयार गर्ने ।
६.संगठन र राज्यसत्ताको सिमा निर्धारण गर्ने र सहकार्य र सहमती गर्ने पद्दती बनाउने ।
७.पुर्व गुट र बिचार समुहको सामुहिक अन्त गरि नया प्रणाली अध्यक्षतात्मक संगठन बनाउने ।
८. सरकार र पार्टीको स्वायत्तता निर्धारण गर्ने ।।९.सिद्धान्त, नेतृत्व र संगठन तल बाट निर्वाचन गर्ने
१०. पार्टी प्रमुख भै सकेकाहरुको पार्टीको संरक्षक बन्ने। प्रत्यक्ष नेतृत्व नगर्ने ।
प्रकाशित मिति: २९ कात्तिक २०७७, शनिवार २१:०४ बजे











