२० वैशाख २०८२, शुक्रवार

नेपालमा थप दुई हजार १०३ जना थपिए, थप दुई हजार ८५८ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ ।

हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले निको हुने दर बढेको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ ।

क्वारेन्टिनमा ७६७ जना छन् । हाल २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहीवार १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु