धुलिखेलमा बाल सञ्जाल द्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ९ मा अन्तर्राष्ट्रिय बाल दिवस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो । अन्तर्राष्ट्रिय बाल दिवसककै अवसर पारेर धुलिखेल नगरपालिका अन्तर्गत वडा नं ९ को वडा बाल सञ्जालले वडाका विभिन्न ठाउँमा बालअधिकार सम्बन्धी लेखिएको पोष्टर र ब्यानर टासेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा बाल अधिकार सम्बन्धी लेखिएको पोष्टर र ब्यानर वडाका विद्यालय, स्वास्थ्य चौकी, पेट्रोल पम्प, पसलहरु तथा सार्वजनिक स्थलहरुमा टासिएको हो ।
यसैगरी बालसञ्जालले काभ्रेभञ्याङको करथरी माद्यामिक विद्यालयमा मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरेको छ । वडा वालसञ्जालद्धार यो आर्थिक बर्षमा १८ वटा कार्याक्रम गरिने वडा बालसञ्जालका सहजकर्ता सुनिल हुमागाईले जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाले यस आर्थिक वर्षमा धुलिखेल नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ ।






प्रकाशित मिति: ६ मंसिर २०७७, शनिवार ०९:०० बजे











