२० वैशाख २०८३, शनिवार

नेपालमा थप एक हजार ९८० जना सङ्क्रमित थपिए, तीन हजार ४३ जना निको

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् । दश हजार ३८१ आरटी पीसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ४३ जना निको भएका जानकारी छ ।

निको हुनेको संख्या दुई लाख दुई हजार ६७ जना रहेको बताउनुभयो । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९०.९० प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमवार १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु