१९ वैशाख २०८३, शुक्रवार

धुलिखेलमा १५ शैयाको अस्पताल शिल्यान्यास

धुलिखेल । धुलिखेल नगरपालिकामा १५ शैयाको अस्पताल शिल्यान्यास भएको छ । धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङ्गमा काभ्रे अस्पतालका रुपमा १५ शैयाको अस्पताल धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शिल्यान्यास गर्नु भएको छ ।

‘धुलिखेललाई स्वस्थ शहरसँगै नागरिकहरुलाई आधारभुत आवश्यकता पुरा गर्ने गरी स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, युवा लक्ष्यित महिला बालबालिका तथा ज्येष्ठ नागरिक लगायतका पूर्वाधारहरु निर्माण गरिरहेका क्षेत्रमा योजनाबद्ध तरिकाले विकास गरिरहेको छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘स्वच्छ खानेपानीसँगै स्वस्थ शहरका लागि नागरिकहरुको ब्यक्तिगत स्वास्थ्य प्रोफाईल तयार गरी हरेक रोगको उपचारका लागि सहजिकरण गर्नेर्छाै ‘ नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

नागरिकहरुको स्वास्थ्य विमा, सरुवा रोग नियन्त्रण अस्पताल निर्माणको तयारी, ट्रमा सेन्टर, कोभिड १९ को परिक्षणका लागि प्रादेशिक ल्याव, धुलिखेल सामुदायिक अस्पतालको सेवा विस्तार र गुणस्तर, नगरपालिका अन्र्तगतका १४ वटा स्वास्थ्य संस्था, आयुर्वेद केन्द्र समेतबाट नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पु¥याईएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

नेपालकै नमुना नगरका रुपमा विकास गर्ने गरी नगरपालिकाले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पुरा गर्ने अभियान सम्पन्न गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । उपप्रमुख विमला शर्माले हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने गरी नगरपालिकाले कार्य गरिरहेको बताउनु भयो ।

नगरपालिकाले निर्माण गर्न लागेको अस्पतालको कार्य क्षेत्रले वडा नम्वर ८, ९, १०, ११ र १२ नम्वर वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने विपी राजमार्ग नजिकै भएकाले सडक दुर्घटना तथा अन्य कारणबाट अस्पताल आउनेहरुले सेवा प्राप्त गर्नेछन् । सहभागिहरुले उक्त अस्पताललाई ट्रमा सेन्टरका रुपमा विस्तार गर्नु पर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले धेरै नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी अस्पतालले सेवा दिनु पर्ने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, वडा अध्यक्षहरु बसन्त रानाभाट, पुस्प राउत, विष्णु काभ्रेली, हर्कबहादुर तामाङ, निराजन जंगम, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतले काभ्रे अस्पतालले नागरिकहरुको स्वास्थ्य सम्वन्धी आधारभुत आवश्यकता पुरा गर्ने बताउनु भयो । दु्ई वर्ष भित्र निर्माण सम्पन्न हुने उक्त अस्पतालका लागि १८ करोड ६ लाख रुपैया खर्च हुनेछ । सरकारले ८५ लाख पहिलो किस्तामा पठाई सकेको छ ।


प्रकाशित मिति: १५ मंसिर २०७७, सोमवार १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु