३२ जेठ २०८२, शुक्रवार

काभ्रेमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमणमुक्त

काभ्रे । काभ्रे जिल्लामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका २७ जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

काभ्रे जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए । उहाँका अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा मंसिर १३ गते मृत्यु भएको डा.झले जानकारी दिए । मृतकमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लाका ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ४ जना पुरुष र ६ जना महिला, धुुलिखेल नगरपालिकाबाट २ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ महिला र २ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना महिला गरी जिल्लामा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उहाँका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । त्यस्तै जिल्लामा अहिले २ सय ७३ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २६ सय २ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमवार १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु