नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको भएपनि आधा घण्टा ढिलोगरी साढे एक बजे शुरुभएको छ ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार सचिवालय बैठक साढे १ बजे शुरुभएको हो । आजको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सचिवालयका सदस्यहरुले धारणा राख्नेकाम हुने उहाँले बताउनुभयो । शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो ।
दुई अध्यक्षको फरक फरक प्रस्ताव बैठकमा आएपछि बढेको विवादलाई सल्टाउन आवश्यक परामर्शपछि दुवै अध्यक्षको संयुक्त प्रस्तावका लागि सचिवालयका सदस्यहरुले आजदेखि सुझाव प्रस्तुत गर्दै हुनुहुन्छ । अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले रायसहितको सुझाव राख्नु भएपछि सचिवालय बैठकले प्रस्तावबारे ठोस निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति: १६ मंसिर २०७७, मंगलवार १४:४३ बजे