धुलिखेलमा बालसंजाल द्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नं ११ को वडा बाल सञ्जाल द्वारा धुलिखेल नगरपालिका वडा न.११ पात्लेखेत खर्कमा शनिबार बालबालिका हक अधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा धुलिखेल वडा .११ का वडा बाल सञ्जालका अध्यक्ष सौरभ धितालको सभापतित्व र धुलिखेल वडा न.११का वडा प्रमुख विष्णु धितालको प्रमुख अतिथित्यतामा उक्त जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा धु.न.पा ११ बाल सञ्जालका पदाधिकारी एवम् बाल अभियानता रेनुका ढुंगाना ,प्रज्ञा बडाल,भवानी ढुंगाना ,बबिता धिताल ,प्रकृति तिवारी ,रञ्जना गौतम ,पुजा खरेल ,कृतिका न्यौपाने ,अनिशा बडाल ,रञ्जिता धिताल ,बिशाल यादव लगाएत थुप्रै बाल अभियानताको सक्रिय सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा बाल सञ्जालका अध्यक्ष सौरभ धितालले बालबालिका सम्बन्धि हक अधिकारका लागि बाल सञ्जालले के कस्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ र बिगतमा गरेका कार्य र आगामी दिनमा बालबालिकाको अधिकार र उनीहरुका समस्या समाधान गर्न तयार पारिएका कार्यक्रम प्रस्तुत गर्दै व्याख्या गर्नु भयो।
अध्यक्ष सौरभ धितालले बालबालिकाको हक र अधिकारका निम्ति जस्तो सुकै कठिन परिस्थितिमा पनि पछि नहट्ने र निरन्तर बाल अधिकारका लागि डटेर चुनौतीको सामना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
प्रमुख अतिथि धु.न.पा ११का प्रमुख विष्णु धितालले धुलिखेल नगरपालिकाले बालबालिकाको हक सुनिश्चित गर्न तयार गरेका कार्यक्रममा व्यक्त गर्नु भयो।
बालबालिकाको उन्नति ,प्रगति गर्न र उनिहरुका अधिकार सुनिश्चित गर्न धुलिखेल नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको र नगरपालिका भित्रका बालबालिकाको उज्ज्वल भबिस्यका निम्ति नगरपालिकाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको उहाले बताउनु भयो।
बालबालिका भनेका देशका कर्णधार हुन र आज साना भएतापनी भोलिका देशका मेरुदण्ड हुन यसकारण बालबालिकाको उज्ज्वल भबिस्यका निम्ति आफू निरन्तर खटिरहने उहाँले भेलालाई सम्बोधन गर्दै बताउनु भयो। बालबालिकालाई समेटेर कार्यक्रम सञ्चालन गर्न सके अझ सकारात्मक परिवर्तन हुन सक्ने कुरामा उहाले जोड दिनुभयो ।
भौगोलिक दिष्टृकोणले धु.न.पाको सबैभन्दा बडी जनसंख्या भएको उक्त ११ न .वडा मा करिब आधा दर्जन सस्था सक्रिय छ्न जस अन्तर्गत सस्थाहरुले विभिन्न समयमा जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेका र नगरपालिकाले पनि बालबालिकाका हितकारी कार्यक्रम सञ्चालनमा ल्याएको उक्त वडाका बाल अभियानता एवम् युवा समाजसेवी प्रभुराम धितालले बताउनु भयो।
कार्यक्रमको अन्त्य तिर नगरपालिकाको विभिन्न स्थानमा बाल सचेतना मुलुक पोस्टर टास्दै र होटल , लगाएत उधोगमा बाल श्रम प्रयोग गर्न नहुने र उनिहरुलाइ उचित शिक्षा दिनु पर्छ भन्दै उक्त भेलाले सचेत गराएको थियो ।
१८ बर्ष भन्दा मुनिका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगरौं र यदि मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण भएमा र यदि बलबालिकाको हक हनन भए या उनीहरुको श्रम बाट उधोगहरुले फाइदा लिन खोजे चर्को बिरोध गर्ने भन्दै खबरदारीसम उक्त भेलाले व्यक्त गरेको थियो । कुनै एउटा धारो बनाउन १५ दिनमा काम सकिन्छ र काम देखिन्छ तर एउटा बालबालिकाको शिक्षामा गरेको लगानी जब देखिन्छ ऊ डाक्टर,ईन्जिनियर,पाईलट,नेता,राम्रो कर्मचारी को पद मा बसेर देश को सेवा गर्नेछ तब मात्रा देखिन्छ र त्यो हेर्न धैर्यता हुनुपर्छ भन्ने कुरा राख्नु भयो ।
प्रकाशित मिति: २० मंसिर २०७७, शनिवार २१:२५ बजे