नेपाल नगरपालिका संघको सातौं अधिबेशन सम्पन्न

काठमाडौँ । नेपाल नगरपालिका संघकाे सातौं अधिबेशन अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आथित्यतामा २३ बुँदे काठमाडौं घोषणापत्र र स्थानीय नीति तथा नेतृत्व बिकास प्रतिष्ठान गठन गरि सम्पन्न भयो । नेपाल नगरपालिका संघकाे सातौं अधिबेशनको अध्यक्षता संघको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले गर्नुभएको थियो । उक्त कार्यक्रम विशेष अथिती बागमती प्रदेशको माननीय मुख्यमन्त्री डोरमनी पौडेल राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्तीय आयोगको अध्यक्ष बालानन्द पौडेल , UCLG महासचिव बर्नादिया लगायतले शुभकामना मन्तव्य र नेपाल नगर पालिका संघको अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल नगरपालिका संघकाे सातौं अधिबेशनले २३ बुँदे घोषणापत्र जारी गरेको छ साथै उक्त कार्यक्रममा स्थानीय नीति तथा नेतृत्व बिकास प्रतिष्ठान गठन गरेको छ ।
नेपाल नगरपालिका संघकाे सातौं अधिबेशनले नेपालका शहरहरु लाई स्वास्थ सफा सहरको अभियान सन्चालन गर्ने उदेश्य सहित दिगो विकासको लक्ष्य हासिल गर्ने योजना पारित गरेको छ ।
प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलवार २२:०७ बजे