६ चैत २०८१, बुधवार

धुलिखेल ११ मा एक घर एक धारा उत्घाटन

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा घरमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ ।

धुलिखेल ११ को ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण सकिएको लिफ्ट खानेपानी आयोजनाको नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । यो सँगै धुलिखेल वडा नम्बर ११ का ४८५ घरधुरीमा एक घर, एक धारा पुगेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउने कामलाई तीब्रता दिइरहेको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले यस आर्थिक वर्षमा धुलिखेल नगरपालिकाको ८० प्रतिशत घरमा एक घर, एक धारा पुर्याउने काम गरिरहेका बताउनुभयो ।
धुलिखेल नगरपालिका वडा नम्बर ११ मा ८ सय ७३ घरधुरी रहेको छ । यो वर्ष ४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । वडाध्यक्ष धितालका अनुसार यो वर्ष वडाका ९५ प्रतिशत घरधुरीमा एक घर, एक धारा पुग्ने छ । बाँकी घर धुरीका लागि अर्को वर्ष पुर्याउने गरी काम भइरहेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउन कामलाई तीब्रता दिइरहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिवार १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु