१२ वैशाख २०८३, शुक्रवार

फागुन सम्म धुलिखेल नगरपालिकाका बालमैत्री घोषणा हुने

धुलिखेल । धुलिखेल नगरपालिकाले सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने गरि तयारी गरेको छ । धुलिखेल नगरपालिकाको सबै वडामा बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई जोड दिएको छ । नगरपालिका बालमैत्री घोषणा गर्ने तयारी अनुरुप काम गरिरहेका जानकारी नगरपालिकाले दिएको छ । आजको बालबालिका भोलिका भबिस्य भएकोले बालबालिकामा लगानी आवश्यक रहेको नगरप्रमुख अशोक व्याञ्जुले बताउनुभयो । बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो ।

यसैक्रममा नगरपालिकाको वडा नं १,२ र ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि घोषणा पूर्वको सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा र सिर्जनशिल समाज नेपालको सहजीकरणमा वडाहरु बालमैत्री घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

यो तालिम नगरपालिकाको वड नं ९ बाहेक बाँकी ११ वटै वडामा सम्पन्न भइसकेको छ । भोलीदेखी वडा नं ९ मा पनि यस तालिमको सुरुवात हुने भएको छ । अहिले सम्म नगरपालिकाको ६ वटा वडा बालमैत्री घोषणा भइसकेको छ । धुलिखेल नगरपालिकाले यस आर्थिक वर्षमा नगर नै बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतवार २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु