धुलिखेलका विद्यालयहरुमा स्यनेटरी प्याड र स्वास्थ्य सामग्री बितरण
धुलिखेल । धुलिखेल नगरपालिकाले नगर क्षेत्रभित्रको सबै विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य सामग्री बितरण गर्न सुरु गरेको छ । धुलिखेल नगर क्षेत्रभित्रका २५ ओटा सामुदायिक विद्यालयहरुमा प्याड सहितको स्वास्थ्य समाग्री बितरणको कार्य सुरु गरिएको नगर उपप्रमुख बिमला कुमारी चैलागाईले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाको सेतिदेबी मा.बि. गोल्मादेबी प्रा. बि. र दिबिस्थान मा.बि.मा नगर प्रमुख अशोक ब्याञ्जुले बिद्यार्थीहरुलाई सेनिटाइजर, मक्स र स्यनेटरी प्याड बितरण गर्दै उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
धुलिखेल नगरपालिकाले हाल सम्म ७ ओटा भन्दा बढी विद्यालयहरुमा स्यनेटरी प्याड सहित स्यानीटाईजर,मास्क,थर्मलगन लागायतका स्वास्थ्य सुरक्षाका समाग्रीहरु बितरण गरिसकिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा छात्राहरुको पढाई नछुटोस भन्ने उदेश्यले यो कार्यक्रम नगरपालिकाले गत वर्ष देखी नै सरु गरेको हो ।
विद्यालयहरुमा विद्यार्थीको संख्या अनुसार स्वास्थ्य समाग्री बितरणको कार्यलाई यो वर्ष पनि निरन्तरता दिईएको बताईएको छ । समाग्री बितरणको क्रममा विद्यालय अनुगमन समेत गरिएको छ । कोरोना संक्रमणको जोखीम कायमै रहेकाले विद्यालय संञ्चालन गर्दा आपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपाहरु अपनाईएको वा नअपनाईएको बारे अनुगमन गरिएको उहाँले बताउनुभयो ।





प्रकाशित मिति: २ पुस २०७७, बिहीवार २१:५० बजे











