प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको हो ।
‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री ओली खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रित भयो ’ प्रेस संयोजक विष्णु सापकोटाले गोरखापत्र अनलाइनले जानकारी गराउनुभयो ।
उहाँहरुसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि उक्त भेटवार्तामा सहभागिता जनाउनुभएको थियो ।
प्रकाशित मिति: ४ पुस २०७७, शनिवार १५:१८ बजे