६ चैत २०८१, बुधवार

नेकपाका नेता गोकुल बाँस्कोटको आरोप ‘माधव नेपाल नक्कली जबजवादी’

धुलिखेलमा पत्रकारहरुको भेला

काभ्रे । नेकपा निकट पत्रकारहरुको भेला धुलिखेलमा सम्पन्न भएको छ । पुर्व प्रेस चौतारी निकट पत्रकारहरु प्रेस संगठनका नाममा भेला भएका थिए । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपाको केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज गोकुल बास्कोटा,र नेकपाको केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डेले निर्देशन दिनु भएको थियो ।नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाउनुभएको छ ।

केन्द्रिय सदस्य गोकुल बास्कोटाले पदमा सिद्धान्त साट्नेहरु, घुक्र्याएर पद लिनेहरुलाई कार्यकर्ताले हिसाव गर्ने बताउनु भयो । १५ वर्षसम्म माधव नेपाललाई पार्टी महासचिवमा सहयोग गर्ने ओलीलाई माधव नेपालले ५ दिन पनि सहयोग नगरेको बास्कोटाले बताउनु भयो । ‘माधव नेपाल नक्कली जवजबादी हुन्’–नेता बास्कोटाले भन्नुभयो–‘माधव नेपालको मनमा मदन भण्डारीका बारेमा मैलो छ ।’

नेता बास्कोटाले पार्टीको विधान विपरित पुष्पकमल दाहाल र माधव नेपालले कार्य गरेको बताउनु भयो । पुर्व एमाले निकट सबै पत्रकारहरु केपी ओलीले नेतृत्व गरेको नेकपाकै पक्षमा रहेको घोषणा गरेका थिए ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहीवार १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु