६ चैत २०८१, बुधवार

काभ्रेमा ग्याँस उद्योगको ट्याङ्की बिस्फोट हुँदा तीन जना कामदार घाइते

काठमाडौं । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योग(हिमाल) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याङ्की लिकेज भएर बिस्फोटहुँदा तीन जना कामदार घाइते भएका छन् ।

शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्याँस लिकेजहुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

घाइतेमध्ये गम्भिर बनेपा–१३ का ५५ बर्षिया लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ ।

बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० बर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ बर्षका कुमार भुजेल घाइते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको तिमल्सिनाले बताउनुभयो । के कारणले बिस्फोट भएको त्यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रवार १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु