काभ्रेमा तीन दिने रेफ्री वर्कशप सम्पन्न

धुलिखेल । काभ्रे जिल्लामा फुटबलको तीन दिने रेफ्री वर्कशप सम्पन्न भएको छ ।
काभ्रे जिल्ला फुटबल संघ र काभ्रे जिल्ला फुटबल रेफ्री संघको संयोजनमा शनिबारबाट वर्कशप सम्पन्न भएको हो ।
वर्कशपमा काभ्रे जिल्लाका ६ रेफ्रीले सहभागिता जनाएका थिए ।
उनीहरुलाई काभ्रे रेफ्री संघका कोर्स इंस्ट्रक्टर रोजन योगलले प्रशिक्षण दिएका थिए ।
यस्तै सहभागी रेफ्रीहरुको शारीरिक परिक्षण समेत गरिएको थियो ।
यस वर्कशपमा सहभागी रेफ्रीमध्ये ३ जना रेफ्रीले हेटौडामा माघ १२ गतेबाट आयोजना हुने एन्फा रेफ्री कोर्समा सहभागिता जनाउने छन् ।
वर्कशपमा सहभागी रेफ्रीलाई अखिल नेपाल फुटबल संघ एन्फाका रेफ्री संयोजक एवं काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रकाशित मिति: २५ पुस २०७७, शनिवार २१:५६ बजे