धुलिखेल २ रविओपिमा ४ करोड लागतमा निर्माण हुने सिस्ने खोला सिचाई आयोजना सिलान्यास

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नं २ मा सिस्ने खोला सिचाई आयोजना नगर प्रमुख अशोक ब्याञ्जुले उत्घाटन गर्नु भएको छ । सिस्ने खोला सिचाई आयोजनाले धुलिखेल नगरपालिकाको वडा नं २ रविओपिको १५०० रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने छ । धुलिखेल नगरपालिकाको वडा नं २ मा निर्माण हुने सिस्ने खोला सिचाई आयोजनाको आज नगर प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले उत्घाटन गर्नु भएको थियो ।
धुलिखेल नगरपालिका वडा नं २ मा निर्माण हुने सिस्ने खोला सिचाई आयोजना ४ करोड २ लाख ३७ हजार लागतमा निर्माण सम्पन्न हुने छ । उक्त योजना जलस्रोत तथा सिचाई डिभिजन कार्यालय धुलिखेल काभ्रेको सहयोगमा निर्माण हुने भएको छ । सिस्ने खोला सिचाई आयोजना निर्माणको लागि धुलिखेल नगरपालिकाको र उपभोक्ता समितिले पनि लागतमा सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जु , जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय धुलिखेल काभ्रेको प्रमुख अक्षय गोपाल श्रेष्ठ र धुलिखेल नगरपालिका वडा नं २को वडा अध्यक्ष देव प्रसाद कोइरालाको उपस्थितिमा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाको २ नं वडामा निर्माण हुने सिस्ने खोला सिचाईले १ सय ५२ घर धुरीमा १२ महिना नै सिचाई हुनेछ ।
प्रकाशित मिति: ४ माघ २०७७, आइतवार २२:२३ बजे