नेकपा काभ्रेको अभियानमा , धुलिखेलमा नेकपाको पक्षमा देखियो लहर

धुलिखेल । नेकपा काभ्रेको दुई महिने अभियान अन्र्तगत जिल्ला स्तरीय भेला तथा पालिका र वडा स्तरीयक कमिटीहरु धमाधम गठन, पुर्नगठन र प्रशिक्षण, भेला र बैठक आयोजना भएका छन् । यसै सन्दर्भमा धुलिखेल नगरपालिकालेको पनि विभिन्न वडाहरुमा नेकपाको भेलाहरु भैरहेको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी धुलिखेल ८ वडा नं ८ संगठन कमिटीको आयोजनामा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा का केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त भेलाले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) धुलिखेल ८ नं वडा कमिटी अध्यक्ष: राम लामा तामाङ सचिव मिलन कुमार गोतम सहित ५५ सदस्यिय कमिटी गठन गरेको छ ।राष्ट्रिय युवा संघ नेपाल धुलिखेल ८ नं वडा कमिटी अध्यक्ष :सुर्य लामा तामाङ उपाध्यक्ष : सन्तोष शाह सचिव: जिदान लामा कोषाध्यक्ष:राजाराम भुजेल सहित १५७ सदस्यिय कमिटी गठन गरेको छ । अनेरास्ववियू धुलिखेल वडा नं ८ कमिटी संयोजक: कामदेव शाह सहित ३५ सदस्यिय कमिटी गठन गरेको छ । अखिल नेपाल महिला संघ धुलिखेल वडा नं ८ कमिटी अध्यक्ष: रेनुका हमाल उपाध्यक्ष: पार्वती के.सी सचिव:सुनिता बडाल सहसचिव:पन्च कुमारी तामाङ कोषाध्यक्ष:माया अधिकारी
सहित ५५ सदस्यिय कमिटी गठन भएको छ ।अखिल नेपाल किसान माहासंघ धुलिखेल वडा नं ८ कमिटी अध्यक्ष: विदुर प्रसाद बडाल उपाध्यक्ष: वैकुण्ठ न्यौपाने सचिव:प्रमोद तामाङ
सहित ४५ सदस्यिय कमिटी गठन भएको छ । साथै उक्त कार्यक्रममा उत्साह जनक सहभागिता रहेको थियो । जसमा नेकपामा विभिन्न समयमा प्रवेश गरेका ३०० जनाहरुलाई सदस्यता प्रमुख अतिथिले प्रदान गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी उद्धव प्रसाद तिमिल्सिना प्रवेश नेकपा मा प्रवेश गरेका छन् ।
यसै सन्दर्भमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपा धुलिखेल ६/७ नं वडा कमिटिको आयोजनामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला ,पार्टी प्रवेश एव प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । साथै उक्त भेला बाट वडा कमिटी ६ वडा कमिटीको अध्यक्ष रमण यगोल सचिबमा जयोज नर्सिङ श्रेष्ठ सहित ५१ जनाको कमिटी गठन भएको छ । ,त्यस्तै अ.ने.म.सङ्घको अध्यक्षमा सबिना धालाछे सचिबमा लक्ष्मी सुवाल सहित ५१ जनाको कमिटी गठन र राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष हरि गोबिन्द न्हसिजु सचिबमा कर्ण सागर बरुण सहित ५१ जनाको कमिटी गठन भएको छ । वडा न ७ को कमिटीको अध्यक्ष सुवास श्रेष्ठ गज्याजु र सचिब सरस्वती कोजु सहित ५१ जनाको कमिटि गठन त्यस्तै अ.ने.म.सङ्घको अध्यक्षमा प्रमिता कायस्थ सचिबमा सुलोचना ब्यान्जु श्रेष्ठ सहित ५१ जनाको कमिटी गठन र राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष अमित कुमार गणेजु सचिबमा अन्कुर ब्यान्जु सहित ५१ जनाको कमिटी गठन भएको छ । उक्त कायर्क्रमबाट सयौ युवाहरू नेपाल कम्युनिष्ट पार्टी प्रबेश समेत भएका छन् ।
प्रकाशित मिति: २४ माघ २०७७, शनिवार २२:०२ बजे