६ असार २०८२, बिहीवार

धुलिखेल नगरपालिका काभ्रे जिल्लाको पहिलो बालमैत्री नगर घोषणा

केहि नेताले देशलाई बन्धक बनाउन खोजेपछि संसद विघटन :प्रदिप ज्ञावालि

धुलिखेल । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस तथा काभ्रेको पहिलो बाल मैत्री नगर घोषणा कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवाली तथा बिशेष अतिथि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको आतिथ्यतामा सम्पन्न भएको छ । धुलिखेल नगरपालिको ३५ औ स्थापना दिबस तथा बालमैत्रिी नगर घोषणा कार्यक्रममा बोल्दै केहि नेताले देशलाई बन्धक बनाउन खोजेपछि प्रधाममन्त्री केपी ओलिले संसद विघटन गर्नु भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालिले बताउनु भयो ।
६४ प्रतिशत मत ल्याई निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि र संसदबाट अर्काे सरकार बन्ने नदेखिएपछि ताजा जनादेशमा जानकालागी प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेष अधिकार भएर विघटन गर्नु भएको ज्ञवालिले वताउनु भयो । निर्वाचित प्रधानमन्त्री लाई अविस्वास पत्र, राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भएपछि उक्त कदम चाल्नु परेको परराष्ट्रमन्त्री ज्ञवालीले वताउनु भयो । जनताको विचमा जान्छु भन्नु प्रतिगमन हो भने ६४ प्रतिशत ल्याई निर्वाचत प्रधानमन्त्री र राष्ट्रपतिलाई हटाई देशमा अस्थिरता ल्याउन खोज्ने चाहि अग्रगमन हुने हो ज्ञावालिले प्रश्न गर्नु भयो । लिम्पियाधुरा, कालापानि र लिपुलेक समेटेर नक्सा ल्याउनु, बाहय राष्ट्र सगं सम्बन्ध राम्रो बनाउनु, शक्तिशालि राष्टका प्रमुख ल्याउनु प्रतिगमन होकि अग्रगमन हो केहि नेतालाई कुर्सीका लागी देशलाई बर्वाद पार्न नदिनका लागी उक्त कदमा चालिएको बताउनु भयो । ३ वर्ष अघि हामिले जनातका सामु २ वटा कुरा कबुल गरेका थियौ ति के भने स्थीरता र समुृद्धि भन्ने नारालिई जनाका बिचमा गएका थियौ जनताको अपार बिश्वासले हामिलाई झण्डै २ तिहाईको मत दिनु भयो म विश्वास दिलाउन चाहन्छु उक्त जनताको विश्वासलाई मर्न दिने छैनौ र फेरी हामि केहि नेताको प्रधानमन्त्रीको कुसीकालागी अस्थिरता ल्याएकोले जनातको विचमा आयौ भनेर निवार्चनमा होमिन लागेको ज्ञवालिले वताउनु भयो । मन्त्री ज्ञवालीले देश निर्बाचन केन्द्रित भएकाले आगामी बैशाख १७ र २७ गते सबै दलले भगालिई जनताबाट नभाग्न समेत अनुरोध गर्नु भएको थियो । धुलिखेल नगरपालिकालाई देशकै नमुना बनाउन लाग्नु भएकोमा सम्पुर्ण टिमलाई ज्ञवालीले धन्यबाद दिनु भएको थियो । कार्यक्रममा पुर्व सञ्चार तथा ससचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देश निर्वाचनमा गएकाले सम्पुर्ण काभ्रेलि जनतालाई निर्वाचनमा सहभागि हुन आग्रह गर्नु भएको थियो । हामिले निर्वाचनमा प्रतिबद्धता गरेका विकासका कामहरु केहि सम्पन्न भएका र केहिको जग राखिएकाले त्यस्लाई सम्पन्न गराउनका लागी फेरी जिताउनु पर्ने बताउनु भयो । अन्धकार तर्फ जानेकी उज्यालो तर्फ जाने जनतालेनै रोज्नु पर्ने बास्कोटाले बताउनु भयो । कार्यक्रममा धुलिखेल सेवा श्रीबाट सम्मानित नेपालसरकारका सचिब गोपिनाथ मैनाली, धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा चौलागाई धुलिखेल नगर बाल सञ्जालका सह सचिब अध्यक्ष सौरभ धिताल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्याबाट सम्मान गरिएको थियो । डा. राजेन्द्र कोजुलाई धुलिखेल रत्न, बद्री बहादुर राईलाई धुलिखेल नक्षत्र भुवन चौलागाई धुलिखेल प्रज्ञाश्री, गोपिनाथ मैनाली लाई धुलिखेल सेवा श्री, तारानाथ लुईटेललाई धुलिखेल तारा, बेदप्रसाद कोजूलाई धुलिखेल तारा, सेभद चिल्ड्«ेन लाई धुलिखेल तारा, सरोज प्याकुरेल लाई धुलिखेल ताराबाट, ज्योत्सना सैजू लाई धुलिखेल ताराबाट सरदचन्द्र थापालाई जनसेवाश्री बाट, र कार्यक्रम अधिकृत विदुर गौतमलाई जनसेवाश्रीबाट सम्मान गरिएको थियो । कार्यक्रममा प्रभात फेरी गर्नुका साथै विभिन्न प्रकारका प्रर्दशनी समेत गरिएको थियो ।

धुलिखेल नगरपालिकाले बालमैत्री स्थानीय शासनको ३९ वटा न्यूनतम सुचकहरु पुरा गरेकोले काभ्रेपलाञ्चोक जिल्लाको पहिलो, बागमती प्रदेशको तेस्रो तथा नेपालको छैठौं बालमैत्री नगरपालिका घोषणा भएको छ ।
“बालअधिकार सुनिश्चित गरौं, भोलिको समृद्ध समाज निर्माण गरौं”भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि,२०६८ तथा बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि,२०७० अनुसार नगरपालिकामा २०७४ को निर्वाचन पछि आउनुभएको जनप्रतिनिधिहरूको पहिलो सभाले बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेर कामहरु अगाडि बढाएको थियो ।
धुलिखेल नगरपालिका बालमैत्री घोषणाको झलकहरु:

प्रकाशित मिति: ५ फागुन २०७७, बुधवार १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु