धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जु युसिएलजि एसिया प्यासिफिक(UCLG ASPAC)को अध्यक्षमा निर्वाचित

काठमाडौँ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु सयुक्त राष्ट्रसंघको मान्यताप्राप्त स्थानीय सरकारहरुको संस्था (UCLG ASPAC)(United Cities Local Governments Asia Pacific )को अध्यक्षमा निर्वाचित हुनुभएको छ । स्थानीय सरकारहरुको संस्थामा विश्वभरीको दुई लाख पचास हजार भन्दा बढी शहरहरु सदस्य रहेका छन् । भर्चुअल रुपमा संचालन भएको युसिएलजि एसिया प्यासिफिकको कार्यक्रमबाट धुलिखेल नगरपालिकाको नगरप्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जु अध्यक्षको रुपमा सर्वसम्मत निर्वाचित हुनुभएको हो |
युसिएलजि एसिया प्यासिफिक(UCLG ASPAC)(United Cities Local Governments Asia Pacific )मा एसियाली मायादेवीको सात हजार भन्दा बढी शहरहरु सदस्य रहेका छन् ।
धुलिखेल नगरपालिकाको नगरप्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जु अघिल्लो कार्यकालमा युसिएलजि एसिया प्यासिफिकक्ष(UCLG ASPAC)(United Cities Local Governments Asia Pacific )को उपाध्यक्ष रहिसक्नुभएको छ । उक्त संस्थाले एसिया प्यासिफिक क्षेत्रको शहरी क्षेत्र विकासको लागि आवश्यक योजना निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै शहरी क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने गरेको छ ।
प्रकाशित मिति: १३ फागुन २०७७, बिहीवार १८:५९ बजे