धुलिखेल नगरपालिकामा वृहत धिमे जात्रा सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकामा रहेको रोट्रयाक्ट क्लव अफ सिखलापुर (Roatract club of Shikhalapur) को आयोजनामा कार्यक्रम सम्पन्न भयो ।
नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धिमे जात्रामा कार्यक्रम सञ्चालन भएको थियो ।
धुलिखेल नगरपालिकामा धिमे जात्रामा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका , भक्तपुर नगरपालिका तथा विभिन्न क्षेत्रमा रहेको नेवारि सँस्कृतिका १३ वटा खालको उपस्थिति रहेको थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सँस्कृतिको जगेर्नाका लागि
सदैव नगरपालिकाले सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको छ । नेपालि सँस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि नगरपालिकाको साथ सहयोग र यि यस्ता कार्यक्रम निरन्तरताको लागि सदैव हातेमालो गर्ने कुरा व्याञ्जुले बताउनुभयो ।
प्रकाशित मिति: १५ फागुन २०७७, शनिवार १५:२० बजे