२७ जेठ २०८२, आइतवार

मेलम्चीको पानी आज साँझ काठमाडौंमा, अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने

काठमाडौं । मेलम्चीको पानी आज काठमाडौंको सुन्दरीजलमा झर्ने भएको छ ।

मेलम्चीको पानी काठमाडौं आइपुगेको प्रत्यक्ष अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ सुन्दरीजल जाने प्रधामन्त्रीका सल्लाहकार डा राजन भट्टराईले बताएका छन् ।

उनले काठमाडौंबासीले दशकौंदेखि अपेक्षा गरेको मेलम्चीको पानी आज साँझ ५ बजे सुन्दरीजलमा झर्ने जानकारी समेत दिएका छन् ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो ।

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो । सुरुङ परीक्षण र प्रशोधन केन्द्र परीक्षणलाई दुई-दुई महिना छुट्याइएको छ ।

त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्‍याउन लागिएको हो।

अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पुर्‍याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

प्रकाशित मिति: २२ फागुन २०७७, शनिवार १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु